२३ आश्विन २०८१, बुधबार 1728496893
Banner

बैठकमा नारायणकाजीको गुनासो– प्रचण्डले पार्टी छोड भन्नुभयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । वैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफना असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो, विवेक प्रयोग गरी वस्तुनिष्ठअनुसार अघि बढ्नुपर्‍यो । ऐतिहासिक मोडमा कसैले गम्भीर गल्ती नगरौँ । हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिको भयो ।

हाम्रो पार्टीमा व्यक्तिवादी हाबी भयो । दलाल तथा नोकर पुँजीवादीहरूको साँठगाँठ बढ्यो । २०५३ सालदेखिको सम्बन्ध प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छोड भन्नुभयो।’ जवाफमा प्रचण्डले गठबन्धन टुटन नदिन आफुले उक्त निर्णय गर्नुपरेको सहभागि एक नेताले बताउनुभयो ।

दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको बताइएको छ ।