३० जेष्ठ २०८३, शनिबार 1781372848
Banner

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ। 

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न हिजो सुरु भएको पदाधिकारी बैठक आज पनि जारी रहने भएको हो।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचन लगायतका विषयमा छलफल हुनेछ। समसामयिक विषयमा पदाधिकारीबीच अनौपचारिक छलफल हुन लागेको महासचिव देव गुरुङले बताए। 

हिजो बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ। 

यसअघि आज स्थायी कमिटी बैठक बस्ने भनिए पनि बैठक बैठक भोलिलाई सरेको छ। गत बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको थियो।