यही माघ ५ गते देखि ने.क.पा. एमालेले ग्रास रुट मिसन सुरु गरेको छ । यो मिसन राष्ट्रव्यापी रुपमा गरिने र यसमा पार्टी केन्द्रीय सदस्यहरु गाउँ,नगर र जिल्लाहरुमा परिचालित गरेको छ । सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई जिल्लान्तर क्षेत्रमा खटाएको कुरा राम्रो लाग्यो । अझ केन्द्रीय सदस्यहरुलाई पनि आफू बसोबास गरेको नगर,गाउँ र जिल्ला बाहेक अन्य जिल्लामा सरुवा गर्नु पर्ने देखिन्छ । किनभने अनेक तिकडम गरेर आफू नै नगर प्रमुख उपप्रमु्ख र प्रतिनिधि सभा र पदेश सभासद् बन्ने झेली खेल भएको मलाई नै थाहा छ । इटहरी उपमहानगर लगायत नगर र जिल्लामा केही नै योग्यता नभएका वा नपुगेका आफ्ना अनुकूलका मानिसलाई संगठित सदस्य बनाएको विगत स्थानीय निर्वाचनमा देखियो र त्यसैले पनि भुई तहका अनेक विकृति थाहा पाउन र त्यसलाई छिमल्न यस्ता अभियान जरुरी थियो तर काइयोले कोरेझैँ पार्टीमा हुर्किन थालेका लिखा ,जुम्रा र ढाडे जुम्रा सबै बढार्न सकिन्छ कि सकिँदैन । बाँस झ्याङ वरिपरि कुनै मुना र टुसा पलाउँदैनन् कमरेड ।
पार्टी अध्यक्ष वा अभिभावक ओलीको ज्ञान, अनुभव र व्यवहार अलिअलि माथिका सबै नेताले मनन गरे कति जाती हुन्थ्यो । पार्टी सचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना कार्यकालको निजी सबै आर्थिक भौतिक खुलस्त गरिदिनु भयो । अरुले किन गरेनन् ?
वास्तवमा भन्ने हो भने पार्टीमा समस्या माथिमाथि नै पाइन्छ । पानी र बानी माथिबाट आउँछ भनेझैँ माथिबाट बगेर आएका समस्याले भुईँ तह धमिलिएको हो । यसको अर्थ माथि मात्रै सबै समस्या छन् भन्ने पनि होइन ।
पार्टी अध्यक्ष ओलीले आफ्नो निजी चलअचल सम्पत्ति ट्रस्टका नाममा जिम्मा लगाउनु भयो । उहाँले धनसम्पत्ति जोड्न हत्ते नहाल्न पार्टीका उपल्लै तहका नेतालाई पनि भनिरहनु् भएको छ । गरिखाने सन्तानले आफैँ गरिखान्छ, प्रगति गर्छ र हुनेखाने हुन्छ । गरिनखाने सन्तानलाई बाबु्बाजेले जति सम्पत्ति थुपारे पनि त्यसले गरिखाँदैन, बरु उल्टो त्यो सन्तान बिग्रने खतरा हुन्छ । त्यसैले धन सम्पत्तिमा मरिहत्ते गर्ने र धेरै सम्पत्ति जोर्न आतुर नेताले बेलैमा सोचे हुने हो । भनाइ नै छ नि आफूले किनेको दाम्लो बाबुले किनिदिएको भैँसी । जस्तो बाबु आमा उस्तै सन्तान भनेर पनि हुँदो रहेनछ । पार्टी अध्यक्ष वा अभिभावक ओलीको ज्ञान, अनुभव र व्यवहार अलिअलि माथिका सबै नेताले मनन गरे कति जाती हुन्थ्यो । पार्टी सचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना कार्यकालको निजी सबै आर्थिक भौतिक आमदानी खुलस्त गरिदिनु भयो । अरुले किन गरेनन् । त्यसैले माथिमाथिका असल बानी र पानी तलतल बगेनन् किन बगेनन् भन्दा धेरै बानी गलत थिए र तिनै बगे ।
ग्रासरुट मिसनको नेपाली लगायत राष्ट्रभाषाहरुमा शब्द हुनु पर्ने हो । जहाँ तहाँ टाइ लगाएर र आधाउधी अङ्ग्रेजी बोलेर बडो मान्छे हुने नेताको रहर पनि अचम्मकै छ ।
हालै निर्वाचित सभामुख देवराज घिमिरेको अन्तर्वार्ता पनि मैले सुनेँ । उहाँले तत्कालीन पार्टी महासचिव माधव कुमार नेपाललाई बुचर वा कसाइ भन्नुभयो । किन भने पार्टीमा इमान्दार र सक्षम नेता र कार्यकर्तालाई कुनै केही उपयुक्त जिम्मेदारी वा मौका नदिने घातक प्रवृत्ति माकुनेमा थियो । यो प्रवृत्तिले अहिले पनि सुनसरी लगायत जिल्लामा घरघडेरी बनाएको मैले नै भोगेकी छु । दसौँ राष्ट्रिय महाधिवेशमा जिल्ला पार्टी अध्यक्षले नै म लगायत केही सक्षम साथीहरुलाई प्रतिनिधि बन्न नदिन षडयन्त्र गरे । यति मात्रै कहाँ हो र सातौँ राष्ट्रिय महाधिवेसन चरम अलोकप्रियताका कारण गौतम हारिन् मैले जितेँ वा एकाध उपल्ला तहका नेता बाहेक जिल्ला स्तरका सबै नेताहरुको सरसहयोगमा मैले जितेँ तर एक आचार्य थरि नेताले मैले जितेकामा चित्त दुखाएछन् । पार्टी भित्र पार्टी हितलाई माथिल्लो तहमा राखेर काम गर्ने इमान्दार,सक्रिय, कामकाजी नेतार कार्यकर्तालाई सकेसम्म पाखा लगाउने षडयन्त्र अहिले पनि जारी छ । माकुनेका गलत बानी बेहोरा र संस्कारमा बानी परेकाहरु अहिले पनि पुरानै धन्दा गरिरहेका छन् । किन भने माकुनेले सर्कुलर जारी गरेर ओलीका विरुद्ध नानाभाति र भए नभएका कुरा उछालेर षडयन्त्र गरेको देवराज घिमिरेले नै उल्लेख गर्नु भयो । कसाइ प्रवृत्ति रहँदा सम्म यस्तै हो । यसपालिको निर्वाचनमा घिमिरे नै झण्डै अप्ठ्यारोमा पर्न र पार्न खोपजएको पनि संकेत पाइयो । अध्यक्ष ओलीलाई सकेसम्म अनेक तरिकाले खुसी पार्ने अनि चौका दाउ हान्ने नियत केही नेताको देखियो ।
इटहरी नगरको विगत निर्वाचनको प्रचार प्रसार सभा र घरदैलोमा उचित जिम्मेवारी दिइएन, दिइएन तर यस नगरभरि सुपरिचित गुरु रहेका प्रा.डा. बद्रीविशाल पोखरेललाई पार्टीको पक्षमा माहौल सिर्जना गर्ने र गराउने काममा अगाडि पर्न नै दिइएन । त्यसैले पार्टीको माथिल्लो तह र तलको पनि जिल्लाको पनि माथिल्लो तहका एकाध नेताका कारण पार्टी कार्यकर्तामा चरम निराशा फैलिएको देखिन्छ । केही महिना हामी अस्ट्रेलियामा रहेर काठमाडौँ आइयो । म ललितपुर स्थित पार्टी कार्यालयमा पुगेर भेटेका कार्यकर्ताले पनि माथिल्लै तह र नेतृत्वका कतिपय नेतामा समस्या रहेको सुनाए । सत्य कुरा ठाउँमा बोल्न नपाइने र नदिने भएपछि बत्ती मुनि अँध्यारो भइरहँदो रहेछ ।
अध्यक्ष ओली कमरेडले पार्टीमा जात,जाति आदि कुप्रवृत्तिका कारण चुनावमा घात र अन्तर्घात रहेको विराटनगरमा बताउनु भएछ । तर यो प्रवृत्ति पनि माथि नै जब्बर रहेको छ । आदिकवि भानुभक्त आचार्यलाई बाजे कवि भनेर सदा सराप्ने र नेपाली भाषालाई खस र खसेत्रो भाषा भन्ने पार्टीको माथिल्लै तहमा छन् ।
पार्टीले प्रतिनिधि र प्रदेश समानुपातिमा सिफारिस गरिएका केही पात्रका बारेमा डा. पोखरेलले भारी असन्तोष गर्नु भयो । उहाँलाई कहिल्यै नपरेको जस्तो पिर परेको मैले थाहा पाएँ । हाम्रा घरमा हामी जोइपोइलाई सभासद् हुने संयोग परेको भए हामी मध्ये एक चाहिँ त्याग गथ्र्यौँ नै किनभने लाजको भारी हुन्थ्यो तर सामान्य लाज सरम पचाएर आफ्ना परिवार र आफन्त समानुपातिक सिफारिस भए, सभासद् भए । मजस्ताको चिन्ता मैले सभासद् पाइन भन्ने नै होइन । कम्तीमा भएमध्येका पुराना, सक्षम र इमान्दारले पाउन् भन्ने हो । लहरु जिमी,धरानलाई प्रदेश नं १ को समानुपातिक सभासद् भएकामा प्रदेश समितिले सम्मान पनि ग¥यो तर उहाँको नाम काटियो र पर्नु भएनछ । आफैँ विवाद झिक्ने र उछाल्ने अनि तलकालाई आलोचना गरेर के हुन्छ । कस्तालाई हामी सभासद् सिफारिस गछौँ जसले उपसभामुखमा मतदान गर्न पनि मान्दैनन् । सिङ्गो परिवार नै पार्टी काममा योगदान र बलिदान गरेका पनि छन् र छौँ तर योगदान दिएकै आधारमा एकाघरका सबले सभासद् र मन्त्री हुने हो र ? यसो गर्ने हो भने यो त बिजेनेस जस्तो भएन र ?
अध्यक्ष ओली कमरेडले पार्टीमा जात,जाति आदि कुप्रवृत्तिका कारण चुनावमा घात र अन्तर्घात रहेको विराटनगरमा बताउनु भएछ । तर यो प्रवृत्ति पनि माथि नै जब्बर रहेको छ । डा. पोखरेल भन्नु हुन्छ । आदिकवि भानुभक्त आचार्यलाई बाजे कवि भनेर सदा सराप्ने र नेपाली भाषालाई खस र खसेत्रो भाषा भन्ने पार्टीको माथिल्ले तहमा नै छन् भन्ने कसलाई थाहा छैन र डा. पोखरेल बताउनु हुन्छ । डा. पोखरेलका अनु्ुसार अब मातहतका सबै नेतालाई ओलीले अब लौराले सम्झाउनु पर्छ । इलाम नगर पालिकामा नगरप्रमुखमा कसको कारणले हारेको हो नेतृत्वलाई थाहा हुनु प¥यो । नेताका पत्नी र सन्तान के के कामधन्दा गर्छन् । त्यो पनि ख्याल गर्नु पर्छ । दिवंगत नेता भरतमोहन अधिकारीकी एक छोरी एमाले पार्टीलाई सत्तोसराप गर्दै अर्को पार्टीमा गइछन् । लोकप्रिय नौमहिने सरकारका अर्थमन्त्रीले आफ्नै घरपरिवारलाई त सामान्य शिक्षा दिएनछन् भने यस्तै चालामाला अहिले हो भने केही भन्नु छैन । आफू त मादीका बिर्तावाल सामन्ती दाहाल परिवारकी छोरी हुँ तर डा. पोखरेलको संगतले कम्युनिस्ट भएँ, उहाँकै संगतले लेख लेख्न सिकेँ एउटा किताव प्रकाशन गरेँ अर्कोको पनि तयारी गर्दैछु । सभासद् नभए पनि आफूलाई कम ठान्दिन । माथि माथि पुगे पनि बेहोरा भने तलतल र भुईँ तहमा नै छ भने दुई दिनको माथि पुगेर के हुन्छ र ? खै त यतिविधि एमाले नेता छन,् तिनका जीवन साथी वा पत्नी छन् तिनको एउटा लेख पढ्न पाइएको छैन किन ?
जननेता मदन भण्डारीले स्व.ओम कोइरालाका घरमा पंचायतका स्वस्थानी ब्रत कथा पढीबाँची तिनका रहेका चरम रुढीवाद नमान्न आमाहरुलाई सुझाउनु भएको थियो ।
माथिकै केही नेता र नेतृले बहुराष्ट्र र बहुराष्ट्रिय राज्य भनेको के हो भन्दा बहु भनेको धेरै र राष्ट्र भनेको देश भनेको सुन्दा छक्क परेँ । डा. पोखरेलले यस विषयमा सविस्तार घरमा नै चर्चा गर्नु भयो । उहाँका अनुसार नेपाल यहिल्यै देखि एक राष्ट्र हो । नेपाल पहिले कहिल्यै पनि एक भन्दा बढी राष्ट्र थिएन । त्यसैले रुस आदि जस्ता देशझैँ नेपाल बहुराष्ट्र होइन यो बहुजात भएको एउटै राष्ट्र हो । घरधन्दा गर्दा गर्दै पनि कुरा गर्दा र छलफल गर्दा केही न केही सिकिन्छ । फेसबुक र टिकटकमा मात्र भर नपरी समाचार सुन्दा पनि धेरै कुरा जानिन्छ । बाहरि बाहिर महिला हक हितका चर्का कुरा गर्ने अनि घरमा आमा दिदी बहिनी र पत्नीलाई अलिअलि भए पनि थोपो ज्ञान नदिने कतिपय पुरुष कमरेडको बानी बेहोका कारण महिला पछि परेका ह्ुन् ।
महिला आन्दोलन उठान गर्ने विकसित गर्ने रचनात्मक सिर्जनात्मक तरिका अपनाउने हो भने मानिसको ताँती लाग्छ । बत्ती बले वा बाले पुतली झुम्मिन्छिन् । बाल,युवा र वयस्क महिला केन्द्रित एक न एक प्रतियोगितात्मक कार्यक्रम गरेर अलिअलि प्रोत्साहन र पुरस्कार दिए महिला संघमा सदस्य हुनेहरुको लस्कर लाग्छ । तर पत्यारिला मान्छे पनि चाहिन्छ । यसका पछि लागियो भने मेरो पनि र अरुको पनि भलो हुन्छ भन्ने विश्वास हुनु प¥यो र दिलाउनु प¥यो । व्यूटी कन्टेस्टको विकल्पमा ज्ञान र विद्वत्ताको र बक्तृताको कन्टेस्ट गरे हुँदैन ? हामीले त घरमा नै परम्परागत पुराणका विकल्पमा अर्वाचीन पुराण लगायौँ । पुराण र धर्ममा सबै नकार मात्र छैन, धेरै सकारहरु रहेछन् । डा. पोखरेल अग्नि पुराण भारतीय ज्ञान कोष हो भन्नु हुन्छ । त्यहाँ भाग्यवाद मात्र रहेनछ । आलस्यं हि मनुष्याणम् शरीरस्थो महान् रिपुः अर्थात् मानिसको सबै भन्दा ठूलो शत्रु अल्छीपन हो जस्ता अनगन्ती राम्रा पक्षहरु छन् । यस्ता पुराण वाचन गर्ने महिलाहरु तयार गर्न सकिन्छ तर सोच हुनुप¥यो । आफू नजान्ने अनि भनेको नमान्ने भए पछि यस्तै हो । एउटैले भए भरका पदको माला लगाएको छ । काम गर्नु छैन तर भ्याइनभ्याइ छ । सधैँ बैठक छ ।
अहिले पनि अनेम संघमा आबद्ध हामीहरु रुढीवादी र अन्धविश्वासी कुराका पक्षमा जानी नजानी लागेका छौँ । सांस्कृतिक रुपान्तरण भनेको पनि अलिअलि भए पनि धर्म र रीति र परम्परामा रहेका असल पक्षको जगेर्ना गर्ने र नकारलाई हटाउँदै जानु पर्ने हो । जननेता मदन भण्डारीले स्व. ओम कोइरालाका घरमा पंचायतका स्वस्थानी ब्रत कथा पढीबाँची तिनका रहेका चरम रुढीवाद नमान्न आमाहरुलाई सुझाउनु भएको थियो । जहाँ महिला सहभागिता बढी हुन्छ त्यहीँ गएर, घुसेर र मिलेर तिनलाई अन्धविश्वासबाट विस्तारै हटाउने काम गर्नु हुन्न र ? गर्ने मान्छेलाई कामै काम देखिन्छ । ग्रासरुट मिसनको नेपाली लगायत राष्ट्रभाषाहरुमा शब्द हुनु पर्ने हो । जहाँ तहाँ टाइ लगाएर र आधाउधी अङ्ग्रेजी बोलेर बडो मान्छे हुने नेताको रहर पनि अचम्मकै छ भन्नुहुन्छ डा. पोखरेल । हजार सिद्धान्त भन्दा एक व्यवहार जनतालाई प्रभावित महत्वपूर्ण कुरा हो । मिसनले यस्तो काममा ध्यान दिनु पर्छ ।