२६ आश्विन २०८३, सोमबार 11:42 am
कला/साहित्य

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं। बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरेको हो। उनी विदेशबाट फर्कँदै थिए।

प्रहरीले साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही गायक गायिकासँग उनको विवाद रहेको बुझिएको छ ।

उनको फेसबुकमा अहिले पनि केही गायकगायिकाको हस्ताक्षर रहेको कागज राखिएको छ । तर, उक्त कागज के प्रसंगको थियो भने खुल्न सकेको छैन ।

सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनिविरुद्ध उजुरी परेको थियो। रेग्मीलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भइरहेको बुझिएको छ।