पोखरा– प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ ।
पोखरास्थित सभा गृहमा आयोजित समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनका लागि पोखरामा देशभरका प्रतिनिधि भेला भएका छन् ।
महाधिवेशनले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।
चौतारी केन्द्रीय कमिटीको बिहीबार साँझ बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको संख्या निर्धारण गरेको हो ।
महाधिवेशनमा विधान संशोधन प्रस्ताव अनुमोदन भएसँगै चौतारीमा अब अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित चार, एक महासचिव, तीन उपमहासचिव, एक कोषाध्यक्ष र सात प्रदेशबाट एक–एक जना गरी ७ सचिव हुनेछन् ।
काठमाडौंमा भएको आठौं राष्ट्रिय सम्मेलन भएको ७ वर्षपछि चौतारीले महाधिवेशन गर्दैछ ।