२० श्रावण २०८३, बुधबार 1785967016
Banner

बालुवाटारमा ८ दलको बैठक जारी

काठमाडौं । आठदलीय गठबन्धन बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनमत पार्टीका अब्दुल खान, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा नेता राजेन्द्र श्रेष्ठलगायत छन्।

समसमायिक राजनीतिक र राष्ट्रपति निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रिपरिषद विस्तारलगायत विषयमा पनि कुराकानी हुने बताइएको छ।