१३ भदौ २०८३, शनिबार 1787994766
Banner

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

काठमाडौं– यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोललाई २३० रनको चुनौती दिएको छ । 

दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २२९ रन जोड्दै यूएईलाई उक्त रनको चुनौती दिएको हो । 

नेपालका लागि सर्वाधिक भीम सार्कीले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रनको योगदान गरे । उनको यो राष्ट्रिय टिमबाट पहिलो अर्थशतक हो । यसैगरी आरिफ शेख ५६ बलमा २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा नटआउट रहँदा ३२ रन जोडेर कुशल मल्ल आउट भए । 

सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए ।