७ मंसिर २०८१, शुक्रबार 1732296229
Banner

अनेरास्ववियुका बिरुद्धमा ८ दलिय गठबन्धन बनेपनि हामी बहुमत ल्याउछौं : समिक बडाल (भिडियो अन्तरवार्ता)

काठमाडौं । एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडालले चैतको ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुले बहुमत सिट जित्ने दाबी गर्नुभएको छ ।

अनेरास्ववियुका बिरुद्धमा ८ दलिय गठबन्धन बनेपनि हरेक आन्दोलनलाई निर्णायक बनाउने शक्ति अनेरास्ववियुका विद्यार्थीमा भएकाले धेरै सिट जित्ने उहाँको दाबी थियो । सूचनाप्रेस सँगको विशेष अन्तरवार्तामा अध्यक्ष बडालले बलियो र दुरदर्शी नेताको अभावमा देशले अपेक्षित छलाङ मार्न नसकिरहेको बताउदै अबको विद्यार्थी राजनीति फरक ढंगले अगाडि बढ्ने बताउनुभयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुले क्याम्पसमा राम्रो अध्ययन गरिरहेका विद्यार्थी नेताको नेतृत्वलाई छनोट गरेको र उहाँहरुलाई राजनीतिमा सक्रिय हुन प्रोत्साहन गरिएको बताउनुभयो ।

करिब १४ बर्षपछि हुन लागेको स्ववियुको निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा मतदात हुँदैछ । नजिकिदै गएको स्ववियुको चुनाव र अनेरास्ववियुको तयारीका बारेमा अध्यक्ष समिक बडालसँग गरिएको कुराकानी :