२८ भदौ २०८३, आइतबार 1789356675
Banner

रोल्पाका ६३ जना माओवादी नेता एमालेमा प्रवेश

रोल्पा । माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य ज्ञानु पुन, प्रभावशाली नेता हाेम बहादुर घर्तीसहित करिब ६३ जनाले आज नेकपा (एमाले) प्रवेश गर्नुभएकाे छ।

एमाले रुन्टीगढी गाउँपालिकाद्वारा डाफ्लामा आयाेजित पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियानका क्रममा उनीहरूले माओवादी केन्द्र परित्याग गरि एमालेको सदस्यता लिएका हुन ।

नवप्रवेशी नेताहरूलाई केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-इन्चार्ज कुमार दसाैदी, केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-इन्चार्ज ईश्वरी जीएम, जिल्ला अध्यक्ष बालाराम बुढालगायतका नेताहरूले टीका र माला लगाई स्वागत गरेका छन ।