८ मंसिर २०८१, शनिबार 1732346555
Banner

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

एकीकृत समाजवादीले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको छ ।

सरकारमा जानेबारे भने निर्णय नगरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘सरकारमा जाने नजाने विषयमा अहिले टुंगोमा पुगेका छैनौं । छलफल अगाडि बढाउने निर्णय गरेका छौं ।’

कसरी जाने, कति संख्यामा जाने जस्ता विषयमा छलफल हुन बाँकी रहेकाले सरकारमा जानेबारे निर्णय नगरेको उनले बताए ।