१२ भदौ २०८३, शुक्रबार 1787953810
Banner

हाइड्रोजन गाडी दियौं, पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ? : राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिनु भएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले गाउँघरमा यस्तो ड्राइभर भेटिने बताउनु भयो।

अध्यक्ष लिङ्देनले भन्नुभयो’ ‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ । गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको गाडी स्टार्ट नहुँदै तैट म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ?’

आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको लिङ्देनले बताउनु भयो । उहाँले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो रात पनि गाह्रो भयो तपाईले बाटो फेरेपछि ।’