१२ भदौ २०८३, शुक्रबार 1787947224
Banner

राष्ट्रिय सभाको अर्को बैठक चैत १२ गते बस्ने

काठमाडौं राष्ट्रिय सभाको बुधबारको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ। समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेश गर्नुभएको हो।

https://www.youtube.com/watch?v=YZ6S2OgwpMI

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभएको थियो। त्यस्तै उहाँले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यको नाम मनोनयन गरिएको बेहोरासमेत सदनलाई जानकारी गराउनुभएको थियो।