२६ मंसिर २०८१, बुधबार 1733938478
Banner

एमाले केन्द्रिय सचिवालयको बैठक आजपनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रिय सचिवालयको बैठक आजपनि बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्ययोजना निर्माणका लागि छलफलमा जुटेको हो । पार्टी कार्यालय थापाथलीमा हिजो बसेको एमाले केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टीपङ्तीलाई निर्वाचनका केन्द्रीत कार्ययोजनामा छलफल भएको एमालेले जनाएको छ ।

बैठकमा मंगलबार तीन बजे बस्ने पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा छलफल भएको छ । सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरु सम्पन्न गरेको र छिटै पार्टीका अरु तहका बैठकहरु आयोजना गरेर सम्पूर्ण पार्टीपङ्तीलाई निर्वाचनका केन्द्रीय गर्ने तयारी एमालेले गरेको छ ।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न एमालेले चैत ९ र १० गतेका लागि बैठक बोलाएको छ भने केन्द्रीय कमिटी बैठकअघि मंगलबार सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने तय भएको छ ।