९ मंसिर २०८१, आइतबार 1732458268
Banner

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्ष जेल सजाय

एजेन्सी । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा उनलाई २ वर्ष जेल सजाए सुनाएको हो । सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् ।

यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ । भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम २ वर्षको सजायको व्यवस्था गरेको छ ।

सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए । राहुल गान्धीले बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ?’