३ आश्विन २०८१, बिहिबार 1726766574
Banner

महिलालाई अगाडि बढाउने कुरामा एमाले एडभान्स छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ प्रतिशत महिला सहभागि हुनुपर्छ भन्ने अडान एमालेको भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घको पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता एमालेको नेतृत्वमा २०६३ सालमा पुनर्स्थापित संसदले पारित गरयो। अनेमसंघकी तत्कालीन अध्यक्ष विद्या भण्डारीको प्रस्तावमा कांग्रेस लगायतका दलका प्रतिनिधिहरुले समर्थन गरेर २०६३ जेठ १६ गते संसदबाट पारित भयो ।’

बैठकमा ओलीले भन्नुभयो,म कतै कतै सुन्ने गर्छु हाम्रो जनयुद्धले गर्दा महिलाको ३३ प्रतिशत पुर्यायौं भन्छन् । तर त्यसको कुनै भूमिका छैन । ३३ प्रतिशतको अवधारण अखिल नेपाल महिला संघले ल्याएको हो । त्यो भनेको एमालेबाट आएको हो । अहिलेको राष्ट्रपतिज्यूको अगुवाईमा २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाले त्यो निर्णय गरेको हो ।

फरक प्रशंगमा उहाँले भन्नुभयो, अहिले नाम मात्रका कम्युनिष्टहरु मिल्नुपर्छ भन्दैछन । ‘यी नामका कम्युनिष्ट हुन कामका होइनन्, हामी कसैसँग मिल्न आवश्यक छैन, स्थानीय निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत एक्लै जित्छौ’, ओलीको भनाई थियो ।

उहाँले कम्युनिष्ट पार्टी ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरू कम्यिुनिष्ट हुन नसक्ने भन्दै एकता सम्भव नभएको बताउनुभयो । ‘केही स्वार्थी तत्त्व कम्युनिष्ट पार्टी सिद्ध्याउन लागे त्यस्तासँग हाम्रो एकता सम्भव छैन’ ओलीको भनाई थियो । उहाँले आफूहरू जनादेश लिन जनताकोमा जान लागेकोले अरू पाँच दल वा सात दल मिलेर लडे पनि फरक नपर्ने बताउनुभयो ।