१६ असार २०८३, मंगलबार 1782871037
Banner

मिटर ब्याज पीडितहरुले ज्ञानेन्द्र शाहीलाई गरे बहिस्कार (फोटोफिचर)

काठमाडौं । मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ।

ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन्। आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन्। उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका थिए।

ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए। तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे।

मिटरब्याजी पिडितहरुको समर्थन गर्न पुगेका ज्ञानेन्द्र शाही को बिरोध,शाही पुग्ने बित्तिकै भयो लफडा