काठमाडौं । नयाँ नेतृत्व चयनका लागि अखिल नेपाल महिला संघको सातौ राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान : समान सहभागिताका लागि सुदृढ संङगठन’ भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघले सातौ राष्ट्रिय सम्मेलन गर्ने भएको हो । चैत २५ र २६ गते काठमाडौंमा सम्पन्न हुने सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको अनेमसंघले जनाएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल महिला संघका संयोजक थममाया थापाले सम्मेलनमा देशभरिबाट विभिन्न कमिटीमा र्संगठित ६३ हजार सदस्यको प्रतिधित्व गदै १२६२ जनाको सहभागिता रहने बताउनुभयो ।
सम्मेलनमा अनेमसंघका अग्रज नेताहरु स्नेहलता श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी, गोमा देवकोटा लगायतलाई सम्मान गरिने पनि थापाले बताउनुभयो । सम्मेलनमा श्रीलंका, बंगलादेश, पाकिस्तान, भारतका विभिन्न संगठनको सहभागिता रहने बताईएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने सम्मेलनबाट सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व चयनको प्रकृया टुंग्याईने थापाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा अनेमसंघका सह–संयोजक एवं सचिव सूजिता शाक्यले अनेमसंघले नेपाली महिलाको राजनीतिक, सामाजिक, आर्थिक सशक्तिकरण र आमुल सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकामाथि प्रकाश पार्नुभएको थियो ।
अनेमसङ्घले राष्ट्रको अग्रगमन र समृद्धिका लागि राज्यको हरेक संरचनामा महिलाको समानुपातिक समावेशी सहभागिताका साथै महिला हिंसाको अन्त्य, शान्ति, सुशासन र सामाजिक न्यायप्राप्तिका उद्देश्यले निरन्तर काम गरिरहेको उहाँको भनाइ थियो ।
सातौ राष्ट्रिय सम्मेलनको पुर्व सन्ध्यामा अनेमसंघले साप्ताहीक कार्यक्रम समेत तय गरेको छ । जस अन्र्तगत १८ गते सरसफाई कार्यक्रम, १९ गते बृद्धाआश्रममा फलफुल वितरण, २० गते रक्तदान,२१ गते सिन्धुपाल्चोकमा राहत बितरण, २४–२६ गतेसम्म चित्रकला प्रदर्शनी, २४ गते अन्तराष्ट्रिय सेमिनार, २५–२६ सम्मेलन उद्घाटन र बन्द शत्रको कार्यक्रम र अन्त्यमा २७ गते पत्रकार सम्मेलमार्फत नयाँ नेतृत्वको बारेमा जानकारी गराउने बताएको छ ।
सम्मेलनले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ