१२ भदौ २०८३, शुक्रबार 1787922002
Banner

फोटो भिडियो खिचेको भन्दै, हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’लाई निलम्बन

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’लाई निलम्बन गरेको छ।

हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार चालक दलका तीन सदस्यलाई निलम्बन गरेको हो।

उनीहरूले उडानका क्रममा फोटो तथा भिडियो खिचेका कारण निलम्बन गरिएको प्राधिकरणले जनाएको छ। उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन।