९ मंसिर २०८१, आइतबार 1732487956
Banner

प्रधानमन्त्री निवास छिरे मिटरब्याज पीडित

काठमाडौं । केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन ।

सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।

पुनः वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको छ । प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो हुने छ।

मिटरब्याज पीडित आन्दोलित भएपछि शुक्रबारमात्रै धनुषाबाट तीन जना मिटरब्याजी पक्राउ परेका थिए ।