२७ भदौ २०८३, शनिबार 1789250388
Banner

प्रधानमन्त्रीले मागे नीति तथा कार्यक्रममा समेटिनुपर्ने सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्ने भएको छ ।

सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको ३४ वटा केन्द्रीय विभागका प्रमुखहरुसँगको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव माग गरेका थिए।

नीति तथा कार्यक्रमबारे ५ दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखलाई आग्रह गरिएको माओवादीले जनाएको छ । आगामी आवको बजेट दीर्घकालीन रूपमा महत्व राख्ने बजेट ल्याउन लागेकाले आ-आफ्नो विभागका तर्फबाट सुझाव दिन आग्रह गरिएकोछ ।

विभागहरूले पनि विषय विज्ञलाई राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेका छन्।