२७ भदौ २०८३, शनिबार 1789251352
Banner

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि सिंहदरबार भित्रको फोहोर नउठाउने घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् ।

आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।