२७ भदौ २०८३, शनिबार 1789253835
Banner

चितनवमा जीतनारायणलाई विद्रोही कांग्रेसको साथ (विज्ञप्तिसहित)

काठमाडौं । चितवनका कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठलाई कांग्रेसबाट विद्रोह गरेकोहरूले साथ दिने भएका छन् । चितवन-२ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट विद्रोही नेताहरूले श्रेष्ठलाई जिताउन अपील गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।

यो विज्ञप्तिसँगै उपनिर्वाचनमा नेपाली कांग्रेस चितवनमा एकढिक्का देखिएको छ। गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा निर्वाह गर्न तयार देखिएको छ ।

यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका हुन् ।

गत निर्वाचनमा चितवन—३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइरालालगायत विद्रोह गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल यसपट कांग्रेस उम्मेदवारको पक्षमा उभिएका छन् ।

उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनः कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुने अपिल गरेका छन्।