१४ असार २०८३, आइतबार 1782663622
Banner

सुकुमबासी बस्ती भत्काउन नसकेपछि बालेनको आरोप, ‘सरकार इन्डिया र चाइनाले बनाइदिएको हो’

काठमाडौं। वर्तमान सरकार इन्डिया र चनाइनाले बनाइदिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आरोप लगाएका छन् । उनले आज बिहान फेसबुक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् ।

बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर शाहले आज संघीय सरकारमाथि गम्भीर आरोप लगाएका हुन् । गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गर्दा संघीय सरकारले सहयोग नगरेको भन्दै यस्तो आरोप लगाएका हुन् । सुकमबासी बस्तीमा डोजर लगाउने प्रयासमा मेयर शाह असफल भएका थिए ।

सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटकपटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले आज बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेका छन् ।

आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका हुन्।

‘इन्डियार चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ?’ मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् ।