२७ भदौ २०८३, शनिबार 1789267949
समाचार

ह्याम्स अस्पतालमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। 

महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी अंगुर जिसीका अुनसार एयर डाइग्नोस्टिकको हेलिकप्टर पछाडिको भाग खुस्किएको छ। 

चितवनमा बिरामी लिनका लागि डाक्टर लिन पुगेको हेलिकप्टरको पछाडिको भाग खुस्किएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो , ‘हेलिकप्टरको पछाडिको भाग चोइटिएर भागेको भेटिएको छ। अहिले हेलिकप्टर हेलिप्याडमा नै राखिएको छ।’

घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।