२२ बैशाख २०८३, मंगलबार 1778008131
समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक १ बजे बस्नेछ। संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथी विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।