१९ असार २०८३, शुक्रबार 1783132167
Banner

क्याम्पसहरूलाई त्रिविको चेतावनी, ‘१ महिना भित्र नवीकरण नगरे सम्बन्धन खारेज’

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ।

कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको छ।

नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।

सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्।

नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ।

नवीकरण भएका क्याम्पसहरूको विवरण त्रिविले आफ्नो वेबसाइटमा राखिएको पनि जनाएको छ।