२७ भदौ २०८३, शनिबार 1789256477
Banner

न्यायाधीश भुवन गिरी सामाखुसीबाट पक्राउ

काठमाडौं – न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उहाँलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो। उता श्रीमतीविरुद्ध भने अर्को मुद्दामा कारबाही अगाडि बढेको छ। उनीविरुद्ध सरकारी कागजात किर्तेको उजुरी दर्ता भएको छ। उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ। 

गिरी हाल न्यायपरिषदमा कार्यरत छन्।