७ जेष्ठ २०८३, बिहिबार 1779376432
Banner

रास्वपाले लियो ढाकाकुमारसँग बयान, अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ। रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो । समितिका एक सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको दाबी गरेका छन् ।

श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ।