५ भदौ २०८३, शुक्रबार 1787373871
Banner

वरिष्ठ उपाध्यक्षतर्फको मतगणनामा श्रेष्ठको सुरुवाती अग्रता

काठमाडौँ। उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ। हिजो बुधबार साँझ ६ बजे सम्पन्न भएको मतदानको नतिजा आउने क्रम जारी छ। ३ उपाध्यक्ष र सबै केन्द्रीय सदस्यतर्फको नतिजा आइसकेको छ।

सबैतर्फको नतिजा आयपछि वरिष्ठ उपाध्यक्षको गणना सुरु भएको हो। अहिले एसोसिएटतर्फको गणना चलिरहेको छ।

अहिलेसम्म १०० मत गन्दा अन्जान श्रेष्ठले ४० मत ल्याएर अग्रता लिएका छन् । यस्तै उमेशलाल श्रेष्ठ ३७ मत ल्याउँदा रामचन्द्र संघईले २३ मत ल्याएका छन्।