१४ श्रावण २०८३, बिहिबार 1785427383
Banner

५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका २ उम्मेदवार रामचन्द्र संघाई र अन्जान श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ। अध्यक्ष पदमा संघाई, श्रेष्ठसँगै र उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए।

अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ। ८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन।