१९ बैशाख २०८३, शनिबार 1777704137
राजनीति

३ मन्त्री र १ राज्यमन्त्री पाउँने गगन-शेखरको ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेता डा.शेखर कोइराला र पार्टी महामन्त्री गगन थापाले आफ्नो पक्षले ३ मन्त्री र १ राज्यमन्त्री पाउने जानकारी गराएका छन् ।

शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफ्नो समूहका सांसदहरुको छलफलमा नेताद्वयले ४ जना मन्त्री हुने जानकारी गराएका हुन् ।

छलफलमा उपनिर्वाचका विषयमा महामन्त्री थापाले जानकारी गराएका थिए। पार्टीभित्र र उपनिर्वाचनका विषयमा गगन जीले बिफ्रिङ गरेको बैठकमा सहभागी सांसदले जानकारी दिए ।

आफ्नो तर्फबाट मन्त्रीमा पठाउने व्यक्तिका विषयमा आजको बैठकमा छलफल भएको थिएन । संस्थापनइतरबाट मन्त्री हुनेको नाम केही दिनमा टुंगाउने जिम्मेवारी पदाधिकारीलाई दिइएको छ ।