एजेन्सी। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्याइएको प्रस्तावमा हस्ताक्षर गरेसँग विरोध प्रदर्शन चर्किएको छ।
फ्रान्सको संवैधानिक परिषद्ले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गर्दै यो परिवर्तनलाई अनुमोदन गरेको छ ।
परिषद्को यो निर्णयपछि फ्रान्समा विरोध प्रदर्शन चर्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आन्दोलनकारीले धेरै ठाउँमा आगजनी गरेका छन् ।
प्रदर्शनको क्रममा हिंसा भड्काएको आरोपमा ११२ जना पक्राउ परेका छन् । फ्रान्सका ट्रेड युनियनहरूले सरकारविरोधी प्रदर्शन थप चर्काउन आह्वान गरेका छन् । ट्रेड युनियनहरूले मे १ मा देशव्यापी शक्तिशाली प्रदर्शन गर्ने उद्घोष पनि गरेका छन् ।