२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:51 pm
Banner

रबि लामिछाने बस्ने घरको छतबाट खसेर चालक गम्भिर घाईते

सूचना प्रेस २०८० बैशाख ४ सोमबार ००:००, ०८:३० बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

रवि लामिछानेका गाडी चालक गएराति सुतेको घर ।

विहान ४ बजे चितवन भरतपुर महानगरपालिका ११ मा रहेको रबि लामिछानेले डेरागरि बसेको घरको छतबाट निजको चालक जिल्ला सिन्धुपाल्चोक बार्हबिसे न.पा ३ घर भएको शम्भु भन्ने दिल बहादुर थापा घरको छतबाट तल खसी खुट्टा र टाउकोमा चोट लागि गम्भिर घाईते भएको स्थानीय पत्रकार राजेन्द्र आचार्यले बताएका छन् ।

घाईतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको उनले बताए ।