११ आश्विन २०८३, आइतबार 7:35 pm
Banner

नेकपा एसका स्थायी कमिटी सदस्य चुणामणि एमाले प्रवेश

कास्की – नेकपा एकीकृत समाजवादी छाडनु भएका नेता चुणामणि जंगली नेकपा एमाले प्रवेश गर्नुभएको छ।

मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले नेता जंगलीलाई पार्टीमा स्वागत गर्नुभएको छ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहनु भएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएको थियो। राजीनामापछि जंगलीले माधव नेपालको नेतृत्वमा पार्टी नचल्ने बताउनु भएको छ।