२५ आश्विन २०८३, आइतबार 3:00 pm
Banner

प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गते बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक यही वैशाख १२ गते मंगलबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ।

आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सो विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र विधेयक शाखामा संशोधनको सूचना दर्ता गर्न सकिनेछ।