काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीवार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै बिहीवार चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन् । मातातीर्थ औंसी (आमाको मुख हेर्ने औंसी) का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।
मातातीर्थ औंसीका लागि बुधवार साँझदेखि बत्ती बालिएका र बिहीवार कुण्डमा स्नान गर्ने कार्यक्रम रहेको छ ।