काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्समाथि लखनऊ सुपर जायन्ट्सले रोमाञ्चक जित हात पारेको छ। मानसिंह इन्डोर स्टेडियममा भएको खेलमा लखनऊ जायन्ट्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको हो।
लखनऊले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्स निर्धारित २० ओभर नै खेल्दै ६ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो। राजस्थान रोयल्सका लागि यशस्वी जैसवालले ४४, जोस बटलरले ४०, देवदत्त पडिकलले २६ रन बनाउँदा रियान पराग १६ रनमा अविजित रहे।
यस्तै, सन्जु सामसन र सिमरोन हेटमेयरले समान २-२ रनको योगदान दिए। लखनऊका लागि आभेस खानले ३ र मार्कस स्टोनिसले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १५४ रन बनाएको थियो। लखनऊका लागि कायल मेयर्सले सर्वाधिक ५१ रनको योगदान दिए।
यस्तै, केएल राहुलले ३९, निकोलस पोरनले २९ र मार्कस स्टोनिसले २१ रन जोडे। कुर्नाल पान्ड्या ४ रनमा अविजित रहँदा दीपक होडा २ रनमै आउट भएका थिए। राजस्थान रोयल्सका लागि रविचन्द्रन आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र जेसन होल्डरले समान १-१ विकेट लिए।
लखनऊसँग पराजित भए पनि राजस्थान ६ खेलबाट ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । लखनऊ भने ६ खेलबाट ८ अंकका साथ नेट रनरेटका आधारमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा छ।