९ मंसिर २०८१, आइतबार 1732473573
राजनीति

निर्वाचन बहिष्कार गरौं भन्ने ४ जना तनहुँबाट पक्राउ

काठमाडौं । आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने ४ जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्रेको छ।

पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका प्रहरीले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन्।

मंसिरमा भएको निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र निर्वाचित भएका थिए। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ। यस्तै वैशाख १० मा नै बारा २ र चितवन २ मा पनि उपनिर्वाचन हुँदै छ।