९ मंसिर २०८१, आइतबार 1732456070
Banner

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ। ‘११ बजे कार्यव्यवस्थाको बैठकले कार्यसूची तय गर्छ। आज मुख्यमन्त्रीले विश्वासको मत लिनेमात्र कार्यसूची तय गर्ने तयारी छ,’ प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले भने।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार टिकाइराख्नका लागि मुख्यमन्त्री अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ। तर उनले विश्वासको मत नपाउने निश्चित छ। किनभने उनको साथमा एमालेका २२ र राप्रपाका २ सांसद मात्र छन्।