काठमाडौं । आज हुने उपनिर्वाचनको लागि चितवन, तनहुँ र बाराको सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको छ । गृहमन्त्रालय र उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम उपनिर्वाचनको दिन चितवन तनहुँ र बाराको राजमार्ग भएर चल्ने सम्पुर्ण सार्बजनिक यातायातहरु बन्द गर्ने जनाएको हो ।
उपनिर्वाचनको दिन बिहान ६ बजे देखी साँझ ६ बजेसम्म यातायाहरु बन्द रहनेछ । उक्त समयमा अत्यावश्यक एम्बुलेन्स, दमकल लगाएतका सवारी साधन चल्न दिईने छ ।