४ भदौ २०८३, बिहिबार 1787217824
Banner

उपनिर्वाचनको अङ्कगणितीय मात्र हैन, मनोवैज्ञानिक सन्देश पनि छ : विष्णु रिमाल

काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले २०८० वैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको अङ्कगणितीय मात्रै नभएर मनोवैज्ञानिक सन्देश पनि भएको बताउनु भएको छ।

उपमहासचिव रिमालले भन्नुभयो, ‘उपनिर्वाचनको अङ्कगणितीय मात्र हैन, मनोवैज्ञानिक सन्देश पनि छ । अङ्कगणित, सत्ता समीकरणमा तात्विक फरक पार्ने खालको छैन। मनोवैज्ञानिक सन्देश भने महत्वपूर्ण छ ।’

ठूला पार्टी लक्षित सच्चिने शब्दको भाव अहिलेकोमा सुधार गर भन्ने भए पनि मनोवैज्ञानिक सन्देश ‘कार्यशैली सुधार गर’ भन्ने मात्र नभएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ ‘मार्केटिङ स्टन्ट’ पछ्याउ भन्ने पनि हैन । ‘अजेण्डा सेट गर, त्यसको ब्राण्डिङ गर र डेलिभरीको तरिका फेर’ भन्ने हो । मेरो बुझाइ सही हो भने यो मनोविज्ञानलाई आत्मसात गर्नुपर्छ।’