काठमाडौं । राजधानीको कपनमा व्यवसाय सञ्चालन गर्दै आएकी निरा पाण्डेको हत्यामा संलग्न आरोपी ९ दिनपछि पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा झापाका विनोद विकलाई पक्राउ गरेको हो ।
कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा हत्या भएको थियो । घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भएको थियो भने शुक्रबार मात्रै छानबिन समिति गठन भएको थियो ।
समितिले झापामै पुगेर विकलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।