काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने भएको छ । पार्टीले सरकारमा जाने विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको भएपनि उनी नजाने जसपाका नेताहरूको भनाइ छ ।
जसपाले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा सरकारले पूर्णता पाउन सकेको छैन। जसपाले मन्त्री नपठाउँदा वन मन्त्रालय मन्त्री विहीन छ ।
कतिपयले उपप्रधानसहित पाए अध्यक्ष यादव तयार रहेको बताउँदै आइरहेका छन्। तर, जसापका एक नेताका अनुसार यादव सरकारमा जाने संभावनदा छैन । उनले नवलकिशोर शाह सरकारमा जाने संभावना भएको बताए ।
१० पटक मन्त्रिपरिषद् विस्तार गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेका हुन्।
जसपाले आफ्नो भागमा परेको २ मध्ये एक मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ। अहिले जसपाबाट शिक्षा मन्त्रालय लिएर अशोक राई सरकारमा गएका छन्।