११ श्रावण २०८३, सोमबार 1785198145
Banner

प्रधानमन्त्रीले जेठ ४ गते प्रतिनिधिसभामा सांसद्हरुका प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्ने तयारी गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो।

जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको नेकपा ९एमाले०का प्रमुख सचेतक पदम गिरीले भएको जानकारी दिएका छन् ।

उनले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए। त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए।

संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि उनले बताए। इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने व्यवस्था हुनेछ।