१२ श्रावण २०८३, मंगलबार 1785227380
Banner

राप्रपाको केन्द्रिय समितिको पूर्ण बैठक आजबाट सुरु

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुँदैछ। धुम्बाराही, काठमाडौंमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ।

आजबाट सुरु हुने बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिपोर्टिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्य योजना र कार्यदिशाका बारेमा आफ्नो धारणा बनाउने जनाइएको छ ।

गत वैशाख ३०–३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक आजका लागि सारिएको थियो ।