२१ असार २०८३, आइतबार 1783301190
Banner

सत्ता गठबन्धनमा आबद्ध दलको बैठक सुरु

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दलको बैठक सुरु भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे छलफल गर्न सिंहदरबारमा सत्ता गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका नेताहरुको उपस्थिती रहेको छ ।

गठबन्धनको बैठक सकिएसँगै मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ ।