१० मंसिर २०८१, सोमबार 1732546942
राजनीति

नागरिक अगुवा पाण्डे र पहाडीले गृहमन्त्रीलाई भने, ‘हाम्रो साथ छ, थप अपेक्षा पनि छ’

काठमाडौं । नागरिक अगुवाद्वय डा.देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन्। उनीहरूले मंगलबार गृहमन्त्री श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको एक्सनलाई समर्थन र बधाई दिंदै उनीहरूले थप अपेक्षाका साथ नागरिक खबरदारीसमेत गरेका थिए।

गृहमन्त्रीको सचिवालयका अनुसार दुवै जनाले सरकारको पछिल्लो कदमले केही खुसी दिलाएको भन्दै थप अपेक्षा र विश्वास रहेको बताएका थिए।