१० मंसिर २०८१, सोमबार 1732533122
राजनीति

डिल्ली बजार कारागारभित्र नाउपाको बैठक बस्दै

धनगढी। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन्। सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको बताए ।

‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ। १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला।’

एक नेताहरुका अनुुसार डिल्ली बजार भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुनेछ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीयदलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने भएको छ। संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएको तर समय निश्चित भइनसकेको जानकारी दिए।