कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ ।
सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको माओवादी संसदीय दलले जनाएको छ । गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ।
धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने तयारी छ। शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको छ।