५ भदौ २०८३, शुक्रबार 1787328249
Banner

तामझाम नगरी संसद् भवन जाँदै राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ।

गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्। तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पौडेलको तयारी रहेको पोखरेलले बताए।

‘सडक खाली गराएर तामझाम हुँदैन। पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ। त्यसका लागि संसद् पुग्ने बेलामा बग्गी अगाडि लाग्छ। राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उनले भने।